डडेल्धुरा । डडेल्धुरामा घाँस काट्ने क्रममा भिरबाट लडेर एक महिलाको ज्यान गएको छ। परशुराम नगरपालिका–९ कुयापानी हट्वानीकी ५३ वर्षीया छन्चरा धामीको भिरबाट लडेर मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय डडेल्धुराका अनुसार सोमबार स्थानीय हट्वानी जङ्गलमा घाँस काट्न गएकी धामी अचानक भिरबाट लडेकी थिइन्। भिरबाट लडेर गम्भीर घाइते भएकी उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ