काठमाडौँ । प्रधानमन्त्रीले अर्थमन्त्रीसहित राष्ट्रिय योजना आयोग र नीति अनुसन्धान प्रतिष्ठानका प्रतिनिधिहरूसँग छलफल सुरु गरेका छन्।
काठमाडौंस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सुरु भएको उक्त बैठकमा सरकारका प्राथमिक कार्यक्रम, यी निकायहरूको भूमिकासँगै बजेट तथा कार्यक्रम कार्यान्वयनका विषयमा छलफल भइरहेको छ। त्यसैगरी, सम्बन्धित निकायहरूले काम गर्दा भोगिरहेका समस्या, चुनौतीहरू र सुधारका सम्भावित उपायबारे पनि विस्तृत रूपमा छलफल गरिने बताइएको छ।