काठमाडौं । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंले इन्धन मूल्यवृद्धि फिर्ता लिन सरकारसँग माग गरेका छन् ।
शनिबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा प्रसाईंले इन्धनको मूल्यवृद्धि तत्काल फिर्ता नगरिए चरणबद्ध आन्दोलन सुरु गर्ने चेतावनी दिए । उनले आन्दोलन विद्यार्थी संगठनको नेतृत्वमा अघि बढाइने जानकारी दिँदै यस्ता संगठनलाई खारेज गर्ने प्रयास नगर्न सरकारलाई सचेत गराए ।
विभिन्न सामाजिक तथा राष्ट्रिय मुद्दामा आवाज उठाउन विद्यार्थी संगठन आवश्यक हुने उनको भनाइ थियो । प्रसाईंले विगतमा सामान्य दुई रुपैयाँ मूल्यवृद्धिमा समेत आन्दोलन हुने गरेको उल्लेख गर्दै अहिले ठूलो दरमा मूल्य बढ्दा पनि विद्यार्थी संगठनहरू मौन बसेको आरोप लगाए ।