काठमाडौँ । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले औपचारिक रूपमा पद हस्तान्तरण गरेको २० दिन भइसकेको छ ।
तर हालसम्म पनि कार्की फेसबुकमा प्रधानमन्त्रीकै हैसियतमा देखिएकी छन् ।
गत फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनबाट सहज बहुमत प्राप्त गरेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह चैत १३ गते राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनीयताको शपथ लिएर कार्यभार सुरु गरेका थिए। तर, सामाजिक सञ्जाल फेसबुकमा अझै ‘पीएम सुशीला कार्की’ नै छ ।
