काठमाडौं । सरकारले इजरायलसहित चार देशमा पुनः श्रम स्वीकृति सुचारु गरेको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको गत चैत ३० गतेको मन्त्रीस्तरीय निर्णयले बहराइन, इजरायल, कुवेत, र लेबनानका लागि पुनः श्रम स्वीकृति सुचारु गरेको हो ।
यसअघि इजरायल–अमेरिका–इरानबीचको तनावका कारण ती देशसहित पश्चिम एसिया र खाडी मुलुकहरूको श्रम स्वीकृति स्थगन गरिएको थियो। इरानले अमेरिकी सैन्य बेसलाई लक्षित गरी आक्रमण गरेपछि उत्पन्न सुरक्षा जोखिमका कारण नेपालले अस्थायी रूपमा श्रम स्वीकृति रोकेको थियो।
