काठमाडौं । व्यवसायी सुलभ अग्रवाल र दीपक भट्टको घरमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले छापा हानेको छ । विभागका प्रमुख गजेन्द्र ठाकुरले उनीहरूका घरमा छापा हानेको जानकारी दिए ।उनीहरूबाहेक महाराजगन्जस्थित हिमालयन रि–इन्स्योरेन्सको कार्यालयमा समेत छापा मारेको ठाकुरको भनाइ छ ।