काठमाडौँ । पूर्व गृहमन्त्री ओमप्रकाश अर्याल राष्ट्रिय सभाको सदस्य नबन्ने पक्कापक्की भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले अर्याललाई राष्ट्रिय सभामा मनोनित नगर्ने भएका छन् ।योसँगै अर्यालको राष्ट्रिय सभाको यात्रामा ब्रेक लागेको छ ।
पूर्ववर्ती सुशीला कार्की नेतृत्वको सरकारले अर्याललाई रिक्त राष्ट्रिय सभा सदस्यमा नियुक्त गर्ने गरेको सिफारिस राष्ट्रपति रामचन्द्र पौडेलले रोकेर राखेका थिए । राष्ट्रपति कार्यालय स्रोतका अनुसार अर्यालको नियुक्ति नहुने निश्चित भइसकेको बुझिएको छ । निर्वाचनपछि बनेको नयाँ सरकारको धारणासमेत बुझेर अर्यालको नाम अनुमोदन नगर्ने निधोमा राष्ट्रपति पुगेका हुन् ।
राष्ट्रपतिबाट सदस्य नेकपा नेता वामदेव गौतमले कार्यकाल सकिनुअघि नै गत ४ माघमा राजीनामा दिएपछि रिक्त स्थानमा कार्की नेतृत्वको सरकारले जाँदा–जाँदै गत १ चैतमा अर्याललाई सिफारिस गरेको थियो ।