काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य र नाफा–घाटाका विषयमा सामाजिक सञ्जालमा फैलिएका भ्रामक र नकारात्मक सूचनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
निगमले सोमबार विज्ञप्ति जारी गर्दै अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य अत्यधिक बढेका कारण आफूहरूले पाक्षिक (१५ दिन) रूपमै करिब ७ अर्ब ८१ करोड ६१ लाख रुपैयाँ घाटा बेहोरिरहेको बताएको छ ।
घाटा चुलिए तापनि निगमले आपूर्ति व्यवस्थापनलाई सहज बनाउन हरसम्भव प्रयास गरिरहेको दाबी गरेको छ ।
