काठमाडौं । बाँसबारीस्थित शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रले नयाँ वर्ष २०८३ को अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ। केन्द्रले एक सूचना जारी गर्दै आगामी वैशाख १ गते मंगलबार अस्पतालको बहिरङ्ग (ओपिडी) सेवा बन्द रहने जानकारी दिएको हो।
अस्पताल प्रशासनका अनुसार नयाँ वर्षको उपलक्ष्यमा ओपिडी सेवा बन्द भए पनि मुटु सम्बन्धी आकस्मिक समस्या भएका बिरामीहरूका लागि भने इमर्जेन्सी सेवा २४ सै घण्टा सुचारु रहने जनएको छ।
ओपिडी सेवा बन्द हुँदा बिरामीहरूमा पर्न जाने असुविधाप्रति क्षमा माग्दै अस्पतालले सम्पूर्णमा नयाँ वर्ष २०८३ को शुभकामना समेत व्यक्त गरेको छ। नियमित परीक्षणका लागि आउने बिरामीहरूलाई वैशाख २ गतेदेखि मात्र अस्पताल आउन सूचित गरिएको छ।
