काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणको मिति अझै तय नभइसकेको बताएका छन् । हिन्द महासागरसम्बन्धी सम्मेलनमा सहभागी भएर स्वदेश फर्किने क्रममा त्रिभुवन विमानस्थलमा पत्रकार सम्मेलन गर्दै परराष्ट्रमन्त्री खनालले यस्तो जानकारी दिएका हुन् ।
नयाँ सरकारका प्राथमिकता निर्धारण भइसकेपछि बल्ल प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमण हुने उनले बताए । उनले दुबै देशको मन्त्रालयका प्राविधिक संयन्त्रहरुले काम पूरा गरिसकेपछि प्रधानमन्त्री शाहले भारत भ्रमण गर्ने बताए ।
प्रधानमन्त्रीमा नियुक्त हुनेबित्तिकै शाहलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बधाइ सन्देशमै भ्रमणको निम्तो दिएको उल्लेख गरे । मौरिससमा भारतीय समकक्षी एस जयशङ्करसँगको भेटमा उच्चस्तरीय राजनीतिक भ्रमणका विषयमा पनि छलफल भएको उनले जानकारी दिए ।