काठमाडौं । समाज कल्याण परिषदअन्तगर्त रहेको भृकुटीमण्डपमा भाडामा रहेर वर्षौ भाडा नतिर्ने २० वटा सटरमा तालाबन्दी गरेको छ । वर्षौंसम्म भाडा नतिर्ने व्यक्तिको पसल वा संस्थाको कार्यालयमा ताला लगाइएको हो ।
भाडा नतिर्ने ५६ वटा सटलमध्ये २० वटामा आज समाज कल्याण परिषद्का कर्मचारीले सुरक्षाकर्मीको सहयोगमा तालाबन्दी गरेका छन् । ताला लाग्नेमा रिपोर्टस क्लबदेखि अन्य विभिन्न संस्थाका कार्यालय छन्।