काठमाडौँ । परराष्ट्र सचिव अमृत बहादुर राई र नेपालका लागि बंगलादेशका राजदूत महामहिम मोहम्मद सफिकुर रहमानबीच आज शिष्टाचार भेटवार्ता भएको छ ।
सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा भएको उक्त भेटमा दुई देशबीचको आपसी हित र द्विपक्षीय सम्बन्धका विविध आयामका बारेमा छलफल भएको मन्त्रालयले जनाएको छ ।
भेटका अवसरमा दुवै पक्षले दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क) र बिमस्टेक जस्ता क्षेत्रीय मञ्चहरूमा पनि आपसी सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका छन् ।