काठमाडौं । ललितपुरस्थित सदर चिडियाखानाभित्र सोमबार बिहान एक पुरुष मृत अवस्थामा फेला परेका छन्। चिडियाखानाभित्र रहेको पोखरीमा डुबेको अवस्थामा ती पुरुषको शव भेटिएको हो।
घटनाबारे जानकारी प्राप्त हुनासाथ प्रहरी टोली पुगेर शवलाई पोस्टमार्टमका लागि पाटन अस्पताल पु¥याएको छ। जिल्ला प्रहरी कार्यालय ललितपुरका प्रमुख एसएसपी होविन्द्र बोगटीका अनुसार मृतकको पहिचान अझै खुल्न सकेको छैन।
अहिले घटनास्थल सुरक्षित राखिएको छ र थप विवरणका लागि अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।