काठमाडौं । प्रधानमन्त्रीदेखि मन्त्रीहरू सुनैसुनले भरिभराउ देखिएका छन् । आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सम्पत्ति विवरण सार्वजनिक गरेसँगै उनिहरुसँग सुन ठूलो परिमाणमा सुन रहेको देखिएको छ । प्रधानमन्त्री वालेन्द्र शाहले श्रीमती सविना काफ्लेको नाममा रहेको १९० तोला गरगहना (धातु नखुलाइएको) रहेको विवरणमा उल्लेख गरेका छन् । उद्योगमन्त्री गौरीकुमारी यादवसँग १८० तोला, गृहमन्त्री सुधन गुरुङसँग ८९ तोला, श्रममन्त्री रामजी यादवसँग ८० तोला सुन रहेको उल्लेख गरिएको छ ।
अर्थमन्त्री स्वर्णिम वाग्लेसँग ४५ तोला सुन रहेको छ । परराष्ट्रमन्त्री शिशिर खनालसँग २२ तोला सुन रहेको छ भने भौतिक पूर्वाधार तथा यातायातमन्त्री सुनिल लम्साल र स्वास्थ्य, जनसंख्या तथा खानेपानीमन्त्री निशा मेहेतासँग समान रूपमा ३०–३० तोला सुन रहेको देखिएको छ ।
संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावल र शिक्षामन्त्री सस्मित पोखरेल सँग २५–२५ तोला सुन रहेको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सीता बादीसँग १८ तोला सुन रहेको विवरणमा उल्लेख छ ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ र कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग १५–१५ तोला सुन रहेको देखिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलसँग ११ तोला सुन छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री विक्रम तिमिल्सिनासँग करिब सात तोला हुँदा कृषि तथा पशुपन्छी विकासमन्त्री गीता चौधरीसँग पाँच तोला सुन रहेको उल्लेख गरिएको छ ।