काठमाडौं । काठमाडौंको दक्षिणकाली नगरपालिकामा शनिबार एक कार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। दक्षिणकाली नगरपालिका–९ स्थित रानीमडाँडामा कार सडकबाट करिब ७ सय मिटर तल भिरमा खस्दा दुर्घटना भएको हो।
प्रहरीका अनुसार हेटौंडाबाट काठमाडौंतर्फ आउँदै गरेको बीएबी ५२८१ नम्बरको कार दुर्घटनामा परेको हो। दुर्घटनामा परी काठमाडौं बस्ने ३४ वर्षीय सुरज खड्काको घटनास्थलमै मृत्यु भएको छ।
दक्षिणकाली नगरपालिका–८ र ९ को सिमाना पर्ने रानीमडाँडा, केरावारी–सितचोक नजिकैबाट कार अनियन्त्रित भई खसेको प्रहरीले जनाएको छ। घटनास्थलमा पुगेको प्रहरी टोलीले अहिले दुर्घटनाग्रस्त कार निकाल्ने प्रयास गरिरहेको छ। दुर्घटनाको थप कारणबारे प्रहरीले अनुसन्धान सुरु गरेको छ।