काठमाडौं । नवनियुक्त दुई मन्त्रीहरूले शपथ लिएका छन् ।
राष्ट्रपति निवास शीतलनिवासमा आयोजित विशेष समारोहबीच राष्ट्रपति रामचन्द्र पौडेलले गौरीकुमारी यादव र रामजी यादवलाई मन्त्री पदको शपथ खुवाएका हुन् ।
प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले शुक्रबार नै उनीहरूलाई मन्त्री नियुक्त गरेका थिए ।