काठमाडौँ । कलाकार सागर लम्साल (बले) हाजिर जमानीमा रिहा भएका छन् ।
उनी शुक्रबार रिहा भएको काठमाडौँ जिल्ला प्रहरी परिसरका एसपी पवनकुमार भट्टराईले जानकारी दिए।
बलेलाई अमेरिकामा अध्ययनरत एक युवतीले बलात्कारको आरोप लगाएकी थिइन् ।उनीमाथि उजुरी नपरेपनि अभद्र व्यवहारको कसुरमा गत चैत २१ गते प्रहरीले पक्राउ गरेको थियो ।