काठमाडौं । वैदेशिक रोजगार विभागले कार्यालय वरपरका भ्रम सिर्जना गर्ने होर्डिङ, फ्लेक्स बोर्ड, भित्तेलेखनलगायत सामग्री हटाउन निर्देशन दिएको छ । शुक्रबार (चैत २७) एक सूचना जारी गर्दै विभागले कार्यालय वरपरका यस्ता सामग्री यही चैत ३० गतेभित्र हटाउन भनेको हो ।
विभागको कार्यालय प्रवेश गर्ने बाटोको वरपर तथा अरू स्थानमा समेत रहेका केही साइबर सेन्टर, तालिम केन्द्र (इन्स्टिच्युट) र अन्य संस्थाले भ्रम सिर्जना गर्ने खालका होर्डिङ, फ्लेक्स बोर्ड राखेका सूचनामा उल्लेख छ । यस्ता सामग्रीले वैदेशिक रोजगारीमा जाने सेवाग्राहीलाई भ्रममा पार्ने, आकर्षण, रकम असुली वा बिचौलियाका रूपमा समेत कार्य गर्ने भन्ने गुनासो आएकाले ध्यानाकर्षण भएको विभागको सूचना उल्लेख छ ।
