काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ठुलो संख्यामा कर्मचारीहरूको सरुवा र कामकाज हेरफेर गरेको छ। बिहीबार मन्त्रालयले ५० जना उपसचिव र १८ जना शाखा अधिकृतको अन्तर मन्त्रालय तथा विभिन्न स्थानीय तहमा सरुवा गर्ने निर्णय गरेको हो।
मन्त्रालयद्वारा जारी सूचीअनुसार प्रशासनिक संयन्त्रलाई थप चुस्त बनाउन यो हेरफेर गरिएको जनाइएको छ। मन्त्रालयले नियमित प्रशासनिक प्रक्रियाअन्तर्गत यी सरुवाहरू गरिएको उल्लेख गरेको छ। विशेषगरी स्थानीय तहमा रिक्त रहेका प्रमुख प्रशासकीय अधिकृतको पदपूर्ति र केन्द्रमा रहेका कर्मचारीहरूलाई आवश्यकता अनुसार जिम्मेवारी हेरफेर गरिएको हो।