काठमाडौं । संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने भएको छ । चैत २४ गतेको मन्त्रिपरिषद्को सिफारिसअनुसार राष्ट्रपति रामचन्द्र पौडेलले दुवै सदनको अधिवेशन अन्त्य गरेका हुन् । राष्ट्रपति कार्यालयका अनुसार अधिवेशन अन्त्य शुक्रबार राति १२ बजेदेखि लागू हुनेछ ।
राष्ट्रपति पौडेलले भोलि संघीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्दैछन् । निर्वाचनपछिको संघीय संसद्को पहिलो बैठकलाई राष्ट्रपतिले सम्बोधन गर्ने व्यवस्था छ ।
