काठमाडौँ । बिहीबार प्रहरी हिरासतमुक्त भएपछि पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार प्रहरी हिरासतमुक्त भएपछि आभार व्यक्त गरेका छन् ।
सामाजिक सञ्जाल मार्फत ओलीले कानुन व्यवसायी, न्यायकर्मी, विभिन्न राजनीतिक दलका नेताहरू र सञ्चारकर्मीहरूमा आभार प्रकट गर्दै सर्वोच्च अदालतलाई उच्च सम्मान व्यक्त गरेका हुन् ।
फेसबुकमा लेखेका छन्, “सरकारले फौजदारी अभियोग लगाएर १३ दिनसम्म नियन्त्रणमा राख्यो, तर प्रमाण नपुगेपछि म रिहा भएको छु। रिहाइका लागि आवाज उठाउने सम्पूर्ण न्यायप्रेमी दिदीबहिनी, दाजुभाइ, कानुन व्यवसायी मित्रहरू, न्यायकर्मी, विभिन्न राजनीतिक दलका नेताहरू र सञ्चारकर्मीहरूमा आभार प्रकट गर्दछु। सर्वोच्च अदालतलाई उच्च सम्मान व्यक्त गर्दछु।”
उनले प्रहरी प्रशासन र त्रिवि शिक्षण अस्पताल परिवारको मानवतापूर्ण व्यवहारको लागि कृतज्ञता व्यक्त गर्दै घाइते भएका सबैको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्। साथै, उपचार खर्चमा राज्य उदासीन भए पार्टीले बेहोर्ने जानकारी दिएका छन्। ओली हाल आफ्ना स्वास्थ्य अवस्थाका कारण केही दिन अस्पतालमै बस्दै उपचार गरिरहेका छन्।