काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल आज आफ्नो पहिलो विदेश भ्रमणका रूपमा मौरिसस जाँदै छन् । नवौँ इन्डियन ओसियन कन्फ्रेन्स मौरिससमा यही चैत २७ देखि २९ गतेसम्म आयोजना हुँदैछ । यही कन्फ्रेन्समा भाग लिन परराष्ट्रमन्त्री खनाल त्यसतर्फ जान लागेका हुन् ।
भारतको विदेश मन्त्रालय र इन्डिया फाउन्डेसनद्वारा संयुक्त रूपमा आयोजना गरिएको यस कार्यक्रममा भारतका विदेशमन्त्री एस जयशंकर सहभागी हुनेछन् ।
नवौँ इन्डियन ओसियन कन्फ्रेन्समा भाग लिने क्रममा मौरिससमा परराष्ट्रमन्त्री खनाल र भारतका विदेशमन्त्री जयशंकरबीच भेटवार्ता हुनेछ । नवौँ इन्डियन ओसियन कन्फ्रेन्समा समुद्री सुरक्षा, आर्थिक विकास र दिगोपनको बारेमा छलफल हुने बताइएको छ ।