काठमाडौँ। एपोलो हाईड्रो पावर लिमिटेडले आजबाट सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) बिक्री खुला गरेको छ । कम्पनीले कुल ७ लाख ८० हजार २०० कित्ता शेयर निष्कासन गरेको जनाएको छ ।
यस आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम ९४ हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । आवेदन प्रक्रिया सि–आस्बा प्रणालीमार्फत बैंक तथा वित्तीय संस्था वा ‘मेरो शेयर’ एप प्रयोग गरी सजिलै गर्न सकिनेछ । कम्पनीका अनुसार आईपीओ छिटोमा चैत ३० गतेसम्म र ढिलोमा वैशाख १० गतेसम्म खुला रहनेछ । उक्त आईपीओको निष्कासन तथा बिक्री प्रबन्धकको जिम्मेवारी हिमालयन क्यापिटल लिमिटेडले सम्हालेको छ ।