काठमाडौं । पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभावले काठमाडौं उपत्यकासहित देशका अधिकांश भूभागमा हल्कादेखि मध्यम खालको वर्षा भइरहेको छ ।
पश्चिम नेपालबाट पानी पार्ने अर्को प्रणाली भित्रिएको कारण विभिन्न भूभागमा पानी परिरहेको जल तथा मौसम पूर्वानुनमान महाशाखाले जनाएको छ । हाल सुदूरपश्चिम, कर्णाली,गण्डकी, लुम्बिनीको धेरै भूभागमा र कोशी र बागमती प्रदेशका हिमाली र पहाडी भेगमा मध्यम खालको वर्षा भइरहेको छ।
भने मधेश प्रदेशको थोरै ठाउँमा मेघगर्जनसहितको चट्याङ, हावाहुरी र असिनापानीको परिरहेको मौसमविद् रोजन लामिछानेले जानकारी दिए ।देशैभरको मौसममा बदली आएको उनले जानकारी दिए । उनले प्रिमनसुनको समय भएकाले सावधानी अपनाउन आग्रह गरे ।
भोलि पनि मौसममा सुधार नहुने महाशाखाले जनाएको छ । भोलि गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरुमा तथा कोशी र बागमती प्रदेशको पहाडी र हिमाली भू-भागका केही स्थानहरुमा वर्षा र हिमपाताको सम्भावना रहेको उनले जानकारी दिए । मधेश प्रदेशको थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ्ग, हावाहुरी र असिनासहित मध्यम वर्षाको सम्भावना रहेको छ ।