काठमाडौँ। सरकारले सार्वजनिक यातायात र ढुवानी साधनको भाडा वृद्धि गरेको छ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले भाडा वृद्धिको सैद्धान्तिक स्वीकृति दिँदै यातायात व्यवस्था विभागले नयाँ भाडादर सार्वजनिक गर्ने तयारी गरेको छ। सरकारले सार्वजनिक यातायातको भाडा १६.७१ प्रतिशत, पहाडी मालवाहक सवारीको भाडा २१.६८ प्रतिशत र तराई क्षेत्रमा चल्ने मालवाहक सवारीको भाडा १५.७५ प्रतिशतले बढाएको छ। पेट्रोलियम पदार्थको मूल्य वृद्धिलाई आधार बनाएर यो निर्णय गरिएको विभागले जनाएको छ।