काठमाडौँ । मध्यपहाडी लोकमार्ग अन्तर्गत अछामको पञ्चदेवल विनायक नगरपालिका–१ स्थित लाछेखोलामा भएको जीप दुर्घटनाका एक गम्भीर घाइतेलाई थप उपचारका लागि नेपाली सेनाको हेलिकप्टरमार्फत सुर्खेत पठाइएको छ ।
चैत्र २४ गते भएको सो दुर्घटनामा परी गम्भीर घाइते भएका व्यक्तिको अवस्था चिन्ताजनक भएपछि थप उपचारका लागि हवाई मार्गबाट सुर्खेत पठाइएको नेपाली सेनाले जनाएको छ ।
स्थानीय प्रशासन र सुरक्षा निकायको समन्वयमा सेनाको हेलिकप्टरले घाइतेलाई तत्काल उद्धार गरी अस्पताल पु¥याएको हो । दुर्घटनाको विस्तृत विवरण र घाइतेको पहिचानबारे थप जानकारी आउन बाँकी छ ।