काठमाडौं । राष्ट्रिय योजना आयोगका नवनियुक्त उपाध्यक्ष डा. गुणाकर भट्टले आज (बुधबार) देखि आफ्नो कार्यभार सम्हालेका छन् । सिंहदरबारस्थित आयोगको सचिवालयमा पुगेर उनले औपचारिक रूपमा पदबहाली गरेका हुन् ।
नेपाल सरकार मन्त्रिपरिषद्को निर्णयबाट उपाध्यक्षमा नियुक्त भएका डा. भट्टलाई आयोगका सचिव, सदस्यहरू तथा कर्मचारीहरूले स्वागत गरेका थिए। पदबहालीका क्रममा उनले मुलुकको वर्तमान आर्थिक चुनौतीहरूलाई सम्बोधन गर्ने गरी योजना तर्जुमा गर्ने र विकासका लक्ष्यहरू हासिल गर्न सक्रिय भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गरे ।
पदबहाली कार्यक्रममा आयोगका उच्चपदस्थ कर्मचारीहरूले नवनियुक्त उपाध्यक्षलाई सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए। उनको नेतृत्वमा योजना आयोगले मुलुकको आर्थिक नीति र विकासको खाकालाई नयाँ गति दिने अपेक्षा गरिएको छ।