काठमाडौँ । संघीय संसद अन्तर्गत राष्ट्रिय सभाका चार विषयगत समितिमा मंगलबार निर्विरोध रुपमा सभापति चयन गरिएको छ।
सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिमा पूजा चौधरी, सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिमा जयन्तीदेवी राई, विकास, आर्थिक मामिला तथा सुशासन समितिमा कृष्णप्रसाद पौडेल, र विधायन व्यवस्थापन समितिमा कृष्णबहादुर रोकाया निर्वाचित हुनुभएको छ। प्रत्येक समितिको बैठक दलबीच सहमतिका आधारमा सम्पन्न भएको थियो। चार समितिका सभापतिको पद गत फागुन २० गतेदेखि रिक्त रहेको थियो।