काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री, डा. बिक्रम तिमिल्सिनाले नयाँ सवारीचालक अनुमतिपत्र (लाइसेन्स) अब २४ घण्टाभित्र प्राप्त गर्ने व्यवस्तथा मिलाएको बताएका छन्।
उनले यातायात व्यवस्था विभागबाट डाटा प्राप्त भएको २४ घण्टाभित्र छपाइ गरी सेवाग्राहीलाई उपलब्ध गराउने जानकारी दिएका हुन्।
उनले हाल छपाई गर्न बाँकी रहेका करिब २९ लाख अनुमतिपत्र २०८३ साल असार मसान्तसम्म छपाई गरी विभागलाई उपलब्ध गराउने समेत बताएका छन्।