काठमाडौं । आजदेखि शैक्षिक संस्थाबाहेक देशभरका सम्पूर्ण सरकारी कार्यालय बिहान ९ बजेदेखि खुल्ने भएका छन् । सरकारले आइतबार नेपाल राजपत्रमा सूचना प्रकाशित गरी सरकारी कार्यालय बिहान ९ बजेदेखि ५ बजेसम्म खुल्ने जनाएको हो।
मध्यपूर्वमा भएको युद्धले मुलुकमा पेट्रोलियम संकट बढ्दै गएपछि आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले सरकारी कार्यालय र शैक्षिक संस्थामा दुई दिन बिदा दिने निर्णय गरेको छ। निर्णय गरेलगत्तै आइतरबार नै राजपत्रमा सूचना प्रकाशित भएको हो। कार्तिक १६ गतेदेखि माघ १५ गतेसम्म भने ४ बजे कार्यालय बन्द हुनेछन्।