काठमाडौं । लिखतसम्बन्धी कसुरमा काठमाडौं जिल्ला अदालतले सर्वोच्च अदालतका शाखा अधिकृत महिमानसिंह विष्टलाई दोषी ठहर गरेको छ ।
नागरिक उन्मुक्ति पार्टीका तत्कालीन अध्यक्ष रेशमलाल चौधरीलाई पक्राउ गर्न फर्जी पत्र जारी गरेको अभियोगमा उनी दोषी ठहर भएका हुन् ।
गत वर्षको वैशाख १७ गते शाखा अधिकृत विष्टले जारी गरेको फर्जी पत्रका आधारमा चौधरी पक्राउ परेका थिए ।