काठमाडौं । नवनियुक्त महान्यायाधिवक्ता नारायण कँडेलले पद तथा गोपनीयताको शपथ लिएका छन्। आइतबार आयोजित एक समारोहका बीच कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्लले कँडेललाई शपथ ग्रहण गराएकी हुन्।
आइतबार बसेको मन्त्रिपरिषद् बैठकले कँडेललाई सरकारको मुख्य कानुनी सल्लाहकार (महान्यायाधिवक्ता) मा नियुक्त गर्ने निर्णय गरेको थियो। नवनियुक्त महान्यायाधिवक्ता कँडेल यसअघि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको वकिलका रूपमा कार्यरत थिए।
शपथ ग्रहण समारोहमा सरकारका उच्च पदस्थ अधिकारीहरूको उपस्थिति रहेको थियो। सरकार परिवर्तनसँगै महान्यायाधिवक्ता पनि परिवर्तन हुने संवैधानिक परम्परा अनुसार कँडेललाई नयाँ महान्यायाधिवक्ताको जिम्मेवारी सुम्पिएको हो।