काठमाडौं । सभामुख डोलप्रसाद (डीपी) अर्यालले पदभार ग्रहण गरेका छन् । उनले आइतबार सिंहदरबारस्थित कार्यकक्षमा पदभार ग्रहण गरेका हुन् । त्यसअघि शीलत निवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई शपथ खुवाएका थिए ।
अर्याल आइतबार नै सभामुख पदमा निर्विरोध निर्वाचित भएका हुन् । अर्यालबाहेकको उमेदवारी नपरेपछि ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले निर्विरोध निर्वाचित भएको घोषणा गरे । गएको फागुन २१ गतेको निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर–९ बाट विजयी भएका अर्याल सभामुख भएका हुन् ।