काठमाडौं । सरकारले अधिवक्ता डा.नारायण कँडेललाई महान्यायाधिवक्तामा नियुक्त गरेको छ । महान्यायाधिवक्तालाई सरकारको मुख्य कानुनी सल्लाहकार मानिन्छ । आइतबारको मन्त्रिपरिषद्ले कँडेललाई महान्यायाधिवक्ता बनाउने निर्णय गरेको हो ।
यस पहिले अधिवक्ता सुवास आचार्यसहितको नाम चर्चामा थियो । तर प्रधानमन्त्री बालेन्द्र शाहले बागलुङका कँडेललाई रोजेका हुन् ।यसअघि सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारको पालामा सविता भण्डारी महान्यायाधिवक्ता थिइन् ।