काठमाडौँ। पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकको पक्राउविरुद्ध दायर बन्दी प्रत्यक्षीकरण रिटमा आइतबार सुनुवाइ भएको छ।
ओली–लेखकका तर्फबाट वरिष्ठ अधिवक्ता टिकाराम भट्टराई ले बहस गर्दै दाबी गरे कि दुवैलाई विधि प्रक्रिया नपुर्याई प्रधानमन्त्री बालेन शाह र गृहमन्त्री सुधन गुरूङ को निर्देशनमा पक्राउ गरिएको हो। भट्टराईले भने, “पक्राउ पुर्जी दिइएको भए पनि जाहेरीको आधार खुलाइएको छैन। दुवै व्यक्ति सुरक्षाको घेरामा रहेका र भाग्ने अवस्था थिएन।”
उनले तल्लो अदालतमा रिहा भएका नजिरहरू समेत उल्लेख गरे।प क्राउ चैत १४ गते बिहान जाँचबुझ आयोगको सिफारिस अनुसार भएको थियो। दुवैलाई मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ९ (६) अनुसार “जरूरी पक्राउ पुर्जी” जारी गरी हिरासतमा राखिएको थियो। आइतबार निवेदकको बहस सकिएपछि सोमबार सरकारी वकिलले जवाफ दिने तयारी गरेको छ।