काठमाडौँ । व्यवसायी सुलभ अग्रवाललाई अनुसन्धानको लागि नियन्त्रणमा लिइएको छ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले उनलाई नियन्त्रणमा लिएको हो ।
बयानको लागि अग्रवाललाई नियन्त्रणमा लिइएको सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका महानिर्देशक गजेन्द्र ठाकुरले रातोपाटीलाई बताए ।अग्रवाल शङ्कर ग्रुपका सञ्चालक हुन् । उनका बुवा शङ्कर अग्रवाललाई विभागले शुक्रवार साँझ पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।