काठमाडौं । कास्कीमा भूकम्पको धक्का महसुस गरिएको छ । आइतबार बिहान ८ बजेर ३४ मिनेट जाँदा धक्का महसुस गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
केन्द्रका अनुसार, कास्कीको मिजुरे डाँडा केन्द्रविन्दु भएर ३.५ म्याग्निच्युडको भूकम्प गएको हो ।