काठमाडौं । गृहमन्त्री सुधन गुरुङले ३६ वर्षसम्म हत्कडी सुरक्षाकर्मीलाई लगाइएको बताएका छन् । आइतबार सामाजिक सञ्जाल मार्फत दलीय छायामा राखिएको, निर्बाध काम गर्न नदिएको प्रकट गरेका हुन्।
‘३६ वर्षसम्म हत्कडी सुरक्षाकर्मीलाई लगाइदिएको रहेछ,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्। रास्वपाका वरिष्ठ नेता वालेन्द्र शाह नेतृत्वको मन्त्रीपरिषद्मा गुरुङ गृहमन्त्री भएपछि पूर्वप्रधानमन्त्री केपीशर्मा ओलीसहित करिब एक दर्जन हाइप्रोफाइलका व्यक्तिहरु पक्राउ परिसकेका छन् । साथै बसपार्क र एयरपोर्टमा यात्रुलाई दुख दिने, काठमाडौंमा गुण्डागर्दी गर्नेहरुलाई पनि प्रहरीले पक्राउ गरिरहेको छ ।