काठमाडौं । पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको विरोधमा युवाहरूले काठमाडौंमा विरोध प्रदर्शन गरेका छन् ।
पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिका कारण दैनिक उपभोग्य बस्तुको समेत मूल्यवृद्धि हुन सक्ने भन्दै उनीहरूले प्रदर्शन गरेका हुन् ।
उनीहरूले महंगीको मार बन्द गर, पेट्रोल कर कम गर, मूल्य घटाएर जनतालाई राहत देउ, पेट्रोलमा कर खारेज गर लगायतका प्लेकार्ड प्रदर्शन गरेका थिए ।
राष्ट्रिय जेन-जी नागरिक अभियान र कुशासन विरुद्धको महाअभियानको आयोजनामा भएको प्रदर्शनका सहभागीहरूले हाल पेट्रोलमा लगाउदै आएको बिभिन्न कर खारेज गरेर मूल्य घटाउनुपर्नेमा जोड दिएका थिए ।