पोखरा । पोखराको फेवाताल किनारमा मापदण्ड विपरीत रहेका अस्थायी संरचनामा डोजर लगाइएको छ ।
गृह मन्त्रालयको निर्देशन अनुसार आज (शनिबार) बिहानैदेखि तालको ६५ मिटर भित्र पर्ने अस्थायी संरचना भत्काउन थालिएको हो ।
पोखरास्थित होटल वाटर फ्रन्टमा पनि डोजर चलेको छ ।