काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनाल र गैरआवासीय नेपाली संघ (एनआरएनए) का नवनिर्वाचित अध्यक्ष डा. हेमराज शर्मा नेतृत्वको प्रतिनिधिमण्डलबीच आज परराष्ट्र मन्त्रालयमा भेटवार्ता भएको छ।
भेटका क्रममा एनआरएनएका पदाधिकारीहरूले नेपाल सरकारसँग आफ्ना अपेक्षाहरू राख्दै विशेषगरी एनआरएन नागरिकता कार्डलाई पूर्ण रूपमा कार्यान्वयनमा ल्याउनुपर्नेमा जोड दिएका छन्। उनीहरूले एनआरएन सम्बन्धी ऐनको संशोधन र गैरआवासीय नेपालीहरूका लागि नेपाली नागरिकताको निरन्तरताका सम्बन्धमा रहेका कानुनी प्रावधानहरूबारे सरकारको ध्यानाकर्षण गराएका थिए।
भेटघाटका क्रममा एनआरएनएका अध्यक्षसहितको टोलिले एनआरएन नागरिकता कार्डको पूर्ण कार्यसम्पादन र नागरिकता सम्बन्धी ऐनमा आवश्यक परिमार्जन रहेको विषय जानकारी गराएका थिए । परराष्ट्रमन्त्रीले एनआरएनएका चासो र मागहरू सम्बोधन गर्न सरकारले पूर्ण सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । मन्त्री खनालले डायस्पोरामा रहेका नेपालीहरूको पुँजी, ज्ञान, सीप र सञ्जाललाई नेपालको सामाजिक–आर्थिक विकासमा नतिजामुखी ढङ्गले परिचालन गर्नुपर्नेमा जोड दिनुभयो।
परराष्ट्रमन्त्रीले गैरआवासीय नेपालीहरूले मुलुकको विकासमा पु¥याएको योगदानको प्रशंसा गर्दै आगामी दिनमा डायस्पोराको लगानीलाई थप व्यवस्थित र प्रभावकारी बनाउन सरकार तत्पर रहेको बताए ।