काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्षसमेत रहेका प्रतिनिधिसभा सांसद हर्क साम्पाङले बिहीबारको प्रतिनिधिसभा बैठकमा बोल्दै गर्दा सबैको ध्यान खिच्यो एमसीसी खारेजीको विषयले ।
सभामुखले दिएको करिव ७ मिनेटको समयमा बोलेका हर्कले सदन र सरकारमा समय व्यवस्थापन र जनताका मागप्रति गम्भीर ध्यान दिनुपर्नेमा जोड दिएका छन् । उनले एमसीसी खारेज गर्न माग मात्र गरेनन् । उनले सैन्य रणनीति उद्देश्यका साथ सुरु गरिएको असमान राष्ट्रघाती व्यापारिक सन्धी अमेरिकी सहायता परियोजना एमसीसी खारेजी गर्नुपर्ने समेत बताए ।
उनले उठाएको अझै महत्त्वपूर्ण कुरा त के भने, ’अघिल्लो सपथ ग्रहणको दिन पनि १२ मिनेट ४६ सेकेण्ड ढिलो थियौं भने, आज १६ मिनेट ५५ सेकेण्ड हामी ढिलो भएका छौं । जनताले हामीलाई यसरी ढिलो गर भनेर पठाएको हो जस्तो लागेन । त्यसैले प्रत्येक मिनेटको महत्व यो सदनले बुझोस्, सरकारले बुझोस्, हामी सबैले बुझौं । नेपाली हो, नेपाली समय २ बजेको बैठक ३ बजे जाँदा पनि हुन्छ, जे गर्दा नि हुन्छ भनेर भाष्य मनमा लिएर बसेका छौं, त्यो नै उन्नति गर्न नसक्नुको मुख्य कारण हो।’
साथै, उनले ‘म आफनो मन्तव्य राख्नुभन्दा पनि सरकारले कसो गर्नुपर्ने हो । म जनताको मागहरु जनताले चाहेका कुराहरु के कस्ता छन् भन्ने कुरा बुँदागत रुपमा बाचन गर्न चाहन्छु । पृथ्वी रहिरहुन्जेलसम्म यो देश रहनुपर्छ । हाम्रो देशको अंकित झण्डा रहिरहनुपर्छ । यो मान्यता राख्दर्छौं । देशको स्वाधिनता र असंलग्न परराष्ट्र नीतिलाई बचाइ राख्न सैन्य रणनीति उद्देश्यका साथ सुरु गरिएको असमान राष्ट्रघाती व्यापारिक सन्धी एमसीसी खारेज गर्नुपर्छ भनेर माग गर्दछु ।’
राष्ट्र भक्तीपूर्ण कुरा गरेका हर्क संसदबाट निस्कदाँ प्रधानमन्त्री सँग अंकमाल गर्दै निस्किए । बालेनले बोलाएको बैठकमा समेत अनुपस्थित रहेका हर्क, सामाजिक सञ्जालमा बालेनलाई लगातार खेदिरहने हर्क तर, अस्वभाविक रुपमा नजिकिएका यी दुईको मिलनले राजनितिक वृत्तमा नयाँ तरङ पैदा भएको छ।
कांग्रेस, एमाले, नेकपा र राप्रपाका सांसदहरुले विपक्षीका रुपमा सहकार्य र समर्थनबाट अगाडी बढ्ने बताउनु र हर्कले संसदमा बोल्दै गर्दा एमसीसी लगायतका कुरा उठाउँदा यी दुई बिचको सम्बन्धमा दरारता ल्याउने प्रक्षपण भएपनि उनिहरुको नजिकिदोँ सम्बन्ध देखिनुले आकलनमा परिवर्तन देखिएको छ ।
चिसिएको हर्क वालेनको सम्बन्धमा मधुरता छाउनुले दुई तिहाई मत सहितका प्रधानमन्त्रीले हर्कलाई आफ्नो पक्षमा ल्याउन लागेका त होइनन भन्ने प्रश्नपनि उब्जीएको छ । राष्ट्रभक्ती सहितको देश हित पूर्ण कुरा गर्ने हर्कलाई वालेनले हात लिए संसदमा उठ्ने प्रश्नहरुको सामना गर्नबाट पछि हट्न सहज हुने वालेनको दाउ प्रष्ट देखिन्छ ।