काठमाडौँ । रष्ट्रिय स्वतन्त्र पार्टीले सभामुखमा पार्टी उपसभापति डिपी अर्याललाई प्रस्ताव गर्ने निर्णय गरेको छ ।
सिंहदरबारमा बसेको संसदीय दलको बैठकले सभामुखमा अर्याललाई अघि सार्ने निर्णय गरेको हो ।
पार्टी सभापति रवि लामिछानले दलको बैठकमा अर्याललाई सभामुखको लागि प्रस्ताव गरेका थिए ।
सभापति लामिछानेको प्रस्ताव बैठकले सर्वसम्मत पारित गरेको हो । सभामुखको निर्वाचन २२ गतेका लागि तोकिएको छ ।