काठमाडौँ । पिकअप दुर्घटना हुँदा २४ वर्षीय आभास माबोको मृत्यु भएको छ। दुर्घटनामा पिकअप अनियन्त्रित भएर सडकबाट करिब ५० मिटर तल खसेको प्रहरीको जानकारी छ।
दुर्घटनामा सवार ३ जनामध्ये २४ वर्षीय सन्दिप उभरकोटी घाइते भएका छन्। उनका अनुसार उनको अवस्था सामान्य रहेको छ। चालक कृष्ण बहादुर बराईलीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। मृतक आभास माबो अम्लिसोको कुच्चो बोको बस्ने व्यक्ती थिए। दुर्घटना भएको पिकअप मे १ च ६०२९ नम्बरको रहेको थियो। पाँचथरका प्रहरी प्रमुख डिएसपी अनिश कर्ण ले घटनाको अनुसन्धान जारी रहेको बताएका छन्।