धनगढी । कैलालीको धनगढीमा लास आन्दोलन गरिएको छ ।
बोलन्या थलिले महेन्द्रनगर र डडेल्धुराको भित्रि मधेश जोड्ने दैजी जोगबुढा सडक निर्माणको माग गर्दै ध्यानाकर्षण स्वरूप लास आन्दोलन गरेको थलिका संयोजक यादव जोशीले जानकारी दिए । जोशीका अनुसार सडक अलपत्र परेको १० वर्ष भएपनि कसैको ध्यान जान नसकेकोले आज मुख्यमन्त्री कार्यालय अगाडि लास आन्दोलन गरिएको जनाएको छ ।
२०७४ साल वैशाख ८ मा तीन वर्षभित्र निर्माण सम्पन्न गर्नेगरी नार्गाजुन कन्स्ट्रक्सनसँग २१ करोड २६ लाख ५३ हजारमा ठेक्का सम्झौता भएको थियो । ठेक्का सम्झौता भएको बर्षौ बित्दा केहि किलोमिटर सडक खण्डमात्रै कालोपत्र भएको छ ।
हालसम्म सडक निमार्णका लागि पाँच पटक म्याद थप भएको छ । यही २०८२ असार २० गते निमार्ण सम्पन्न गर्ने गरी पाचौँ पटक म्याद थप गरिएको थियो । तर पनि अझै काम गर्न बाँकी रहेको छ ।
कञ्चनपुरबाट डडेल्धुरालगायत सुदूरपश्चिमका पहाडी जिल्ला जान दूरीका हिसाबले नजिक पर्ने उक्त सडक निमार्ण नहुँदा यहाँका स्थानीयले सास्ती खेप्नु परेको छ। अझ भन्ने हो भने उक्त बाटोमा यात्रा गर्ने नागरिकको जीवन लास जस्तै हुने गरेको छ ।