काठमाडौँ। माननीय हर्क साम्पाङ ले एमसीसी खारेज गर्नुपर्ने, सीमाको प्रभावकारी सुरक्षा सुनिश्चित गर्न नेपाली सेनालाई परिचालन गर्नुपर्ने लगायतका विषयमा धारणा व्यक्त गरेका छन्।
उनले जेन्जि आन्दोलनका भदौ २३ र २४ गतेका घटनामा संलग्न सबै व्यक्तिमाथि निष्पक्ष छानबिन हुनुपर्नेमा जोड दिएका छन्। साथै, सम्बन्धित सबैको सम्पत्ति छानबिन गर्नुपर्ने उनको भनाइ छ। साम्पाङले शिक्षालाई उत्पादन, निर्माण र आविष्कारसँग जोड्न आवश्यक रहेको उल्लेख गर्दै प्रत्येक पालिकामा कम्तीमा एउटा उद्योग स्थापना गर्नुपर्ने धारणा राखेका छन्।