काठमाडौं । नगरबासीहरूलाई स्वास्थ्य र शिक्षाको क्षेत्रमा प्रत्यक्ष अनुभूति हुने गरी काम भइरहेको गोकर्णेश्वर नगरपालिकाका नगरप्रमुख दीपक कुमार रिसालले बताएका छन् । उनले नगरपालिकाले अहिले स्वास्थ्य सेवाको सुधार, आधारभूत उपचारमा सबैको पहुँच विस्तार र शिक्षाको गुणस्तर वृद्धिलाई मुख्य प्राथमिकतामा राखेर विभिन्न कार्यक्रमहरू सञ्चालन गरिरहेको बताएका छन् ।
नगरप्रमुख रिसालले स्थानीय तहको मुख्य उद्देश्य नै जनताको दैनिक जीवनमा सकारात्मक परिवर्तन ल्याउनु रहेको स्पष्ट पारेका छन् । उनले भने “जनताले स्वास्थ्य र शिक्षामा सुधार भएको महसुस गर्न थालेका छन् र यही अनुभूति नै हाम्रो कामको सफलताको मुख्य आधार हो”।
नगरप्रमुख रिसालले आगामी दिनहरूमा अझ प्रभावकारी र परिणाममुखी कार्यक्रमहरू ल्याएर नागरिकहरूलाई थप सेवा सुविधा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । स्थानीय बासीहरूले पनि पछिल्लो समय स्वास्थ्य र शिक्षाको क्षेत्रमा क्रमिक सुधार देखिन थालेको बताएका छन्, जसलाई नगरपालिकाको प्रयासको सकारात्मक संकेतका रूपमा लिइएको छ।