काठमाडौँ । प्रतिनिधिसभा सांसद केपी खनाल यतिखेर नौ मुठ्ठे गाईको संरक्षणका लागि लागि परेका छन् । अछाम जिल्लामा पाइने नेपालमा पाइने सबै भन्दा सानो कद भएको गाईको प्रजाति हो । केपी खनालले मङ्गलवार प्रधानमन्त्री सँग सुदूरपश्चिमका सांसदको छलफलमा विभिन्न उनले विभिन्न बुँदा बजेटमा समेट्न पर्ने आवश्यकता रहेको बिषयमा प्रधानमन्त्रीसँगको छलफलमा राखेका थिए । जसको बुँदामा उनले अछाम जिल्लामा पाइने नौ मुठे गाईको संरक्षणका लागि सरकारले ध्यान दिन पर्ने बताएका छन् ।
उनले प्रधानमन्त्रीसँग सुदूरपश्चिमका सांसदको छलफलको क्रममा केपी खनालले १५ बुँदामा आफ्नो क्षेत्रका बिषयमा जानकारी गराएका थिए । जहाँ नेपालको अछाम जिल्लामा मात्रै पाइने दुर्लभ नौ मुठ्ठे गाईको अध्ययन गरी त्यसको निम्ति व्यवस्थित गौशाला निर्माण गरी त्यसबाट उत्पादन हुने गौमुत्र, गोबर , दूध अनि घ्यू लाई बजारीकरणको सम्बन्धमा छलफल भएको बताएका छन् ।
तर केही समय पहिले उनकै निर्वाचन क्षेत्रमा गाई भोकै मर्ने अवस्था समेत सिर्जना भएको केही समय पहिले चर्चा भएको थियो । बर्दगोरिया गाउँपालिकामा रहेको बर्दगोरिया गौशालामा रहेका गाईहरूले खाना नपाएर सुकेका समाचार सार्वजनिक भएका थिए । नेपालका विभिन्न स्थानमा गाई पाल्ने र केही समय दूध खाएर सडकमा छाड्ने गर्दछन्, तर यस पटक कैलाली निर्वाचन क्षेत्र २ बाट प्रतिनिधि सभाका सांसद भएका केपी खनालले नौ मुठ्ठे गाईका बिषयमा प्रधानमन्त्री सँग राखेका छन् । उनले त्यसका अलवा त्यस क्षेत्रमा भएका अन्य समस्याका बिषयमा पनि राखेका छन् ।