काठमाडौँ। मकवानपुरको बागमती गाउँपालिका–१ भैसेमा चट्याङ लाग्दा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन्।
चट्याङका कारण ३२ वर्षीय अजय पहरीको ज्यान गएको प्रहरीले जनाएको छ। उनलाई उपचारका लागि झुरझुरेस्थित सान्भि पोलिक्लिनिक लगिएको थियो। त्यहाँबाट थप उपचारका लागि हेटौँडातर्फ पठाउने क्रममा राति ११स्२५ बजे चिकित्सकले मृत घोषणा गरेका हुन्। यसै घटनामा ३७ वर्षीय उज्ज्वल थोकर घाइते भएका छन्। उनको हेटौँडा अस्पतालमा उपचार भइरहेको छ। प्रहरीका अनुसार दुवै जना माछा मारेर घर फर्किने क्रममा बाटोमै चट्याङ लाग्दा घाइते भएका थिए।