काठमाडौँ । सङ्घीय संसद् सचिवालयको आह्वानमा आज प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलहरुको सर्वदलीय बैठक बस्दैछ ।
बैठक दिउँसो २ बजे सिंहदरबारस्थित संसद् सचिवालयमा रहेको महासचिवको कार्यकक्षमा बस्नेछ।
गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनबाट ६ दलले प्रतिनिधिसभामा प्रतिनिधित्व गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी प्रतिनिधिसभामा रहेका छन् ।
राष्ट्रपति रामचन्द्र पौडेलबाट बिहीबारका लागि संसद्को अधिवेशन आह्वान भएसँगै त्यसको तयारीका लागि सर्वदलीय बैठक बस्न लागेको हो ।